Топ-100
Back

ⓘ विकास खवास एक नेपाली फुटबल खेलाडी हुन् । उनी मैदानमा विपक्षी टिम विरूद्ध रक्षापङ्क्तिको रूपमा उत्रने गर्दछन् । उनी हाल नेपाल आर्मी क्लब का नियमित खेलाडी हुन् । ..



                                               

नेपाल आर्मी फुटबल टिम

नेपाल आर्मी फुटबल क्लब जसलाई त्रिभुवन आर्मी फुटबल क्लबको नामले पनि चिनिन्छ। यो क्लब नेपालको ए डिभिजन खेल्ने उत्कृष्ट फुटबल क्लब हो। साथै नेपाली घरेलु फुटबल प्रतियोगिताहरूमा समेत यो क्लबले आफ्नो उच्चस्तरीय खेल प्रदर्शनी गर्दै आइरहेको छ।

                                               

२०७३ नेपाल आर्मी फुटबल क्लब सिजन

गोलरक्षक विकेश कुथु विकास मल्ल डिफेन्डर जितेन्द्र कार्की टंक बस्नेत मीडफिल्डर टेकबहादुर बुढाथोकी आशिष शाक्य स्ट्राइकर भोला सिलवाल नवयुग श्रेष्ठ भरत खवास

                                               

नमस्ते

नमस्कार अथवा नमस्ते मा अभिवादन गर्ने एक प्रचलित चलन हो । यसको प्रयोग कुनै व्यक्तिसँग मिल्ने अथवा उनीसँग विदाई गर्ने समय, दुवैमाप्रयोग गरिन्छ। नमस्कार गर्ने समय व्यक्तिको पीठ आगाडि तर्फ झुकी, छातीको मध्यमा हात एक आपसमा जोडी, औंलाहरु आकाशतर्फ हुन्छन् । यो मुद्राको साथ साथै व्यक्ति ‘नमस्ते’ या ‘नमस्कार’ शब्द भन्दै अभिवादन गर्दछ । हातको यो मुद्रालाई नमस्कार मुद्रा भनिन्छ । नमस्ते अथवा नमस्कारको अर्थ ‘नमस्कार’ एक संस्कृत शब्द हो जुन संस्कृत को ‘नमः’ शब्दबाट लिएको हो, जसको अर्थ हो प्रणाम गर्नु । हाम्रो लेख ” मनुष्य कुन घटकले बनेको हुन्छ रु”, मा हामीले बताएका छौं कि प्रत्येक व्यक्ति भित्र परमात्म ...

विकास खवास
                                     

ⓘ विकास खवास

विकास खवास एक नेपाली फुटबल खेलाडी हुन् । उनी मैदानमा विपक्षी टिम विरूद्ध रक्षापङ्क्तिको रूपमा उत्रने गर्दछन् । उनी हाल नेपाल आर्मी क्लब का नियमित खेलाडी हुन् । उनले विभिन्न उमेर समुहबाट नेपालीको प्रतिनिधित्व गरी सकेका छन् ।

                                     

1.1. क्लब जीवन नेपाल आर्मी क्लब

विकास खवासले नेपाल आर्मी क्लबबाट नेपालका घरेलु फुटबल जगतकै सर्वाधिक घन राशीको फुटबल प्रतियोगिता खप्तड गोल्डकप साथै अन्य सिमरा गोल्डकप, झापा गोल्डकप जस्ता प्रमुख प्रतियोगिताहरू जितिसकेका छन् ।

                                     

1.2. क्लब जीवन २०७५ राष्ट्रिय लिग

विकास खवासले पहिलोपटक २०७५ सालमा नेपाली राष्ट्रिय लिगका रूपमा सहिद स्मारक ए-डिभिजन लिग २०७५ खेलेका थिए । नेपाल आर्मी क्लबबाट सहभागीता जनाएका उनले प्रतियोगिता भर कुल १० खेल खेलेका थिए, भने उनले २०७५ सालको राष्ट्रिय लिगमा १ गोल गर्न समेत सफल भएका थिए । २०७५ मंसिर २ गते च्यासल युथ क्लब विरूद्ध भएको खेलमा विकासले खेलको २७ औँ मीनेटमा गोल गरेका थिए । यस्तै २०७५ मंसिर ७ शुक्रबार नेपाल पुलिस क्लब विरूद्ध भएको खेलमा उनले म्यान अफ दि म्याच समेत जित्न सफल भएका थिए । लिगमा पहिलो पटक हार बेहोरेको पुलिस विरूद्धको उक्त खेलमा आर्मी १-० गोल अन्तरले पराजित भएको थियो, भने आर्मीका लागि एक गोल भने टेक बहादुर बुढाथोकी ले गरेका थिए । यस्तै प्रतियोगिताको अन्तमा उनले नेपाली राष्ट्रिय लिगमै पहिलोपटक प्रदान गरिएको मणि बिक्रम शाह उत्कृष्ट युवा खेलाडी नामक पुरस्कार जित्न सफल भएका थिए । यो पुरस्कार सँगै उनले नगद नेपाली रू एक लाख पनि जित्न सफल भएका थिए । यस पुरस्कार जितेसँगै विकास नेपाली फुटबलमा एक चम्किला ताराका रूपमा उदाएका थिए ।

                                     

2. अन्तर्राष्ट्रिय जीवन

विकास खवासले नेपाली उमेर समूह अन्तर्गत यू-१४, यू-१६, यू-१८, यू-२०बाट आफ्नो सहभागीता जनाइ सकेका छन् । उनी नेपाली यू-१६ टोलीले २०१७ यू-१९ साफ च्याम्पियनसिप जित्दाका टिमका एक महत्त्वपूर्ण सदस्य रहेका थिए । भने क्रिकेस्थानमा भएको २०१९ साफ यू-१९ च्याम्पियनसिप छनोट चरणको प्रतियोगितामा समेत उनले नेपाली टिमको प्रतिनिधित्व गरेका थिए ।

२०१८ यू-१८ साफ च्याम्पियनसिप

भुटानमा सम्पन्न भएको २०१७ साफ यू-१८ साफ च्याम्पियनसिप नेपाली राष्ट्रिय यू-१९ टोलीले जित्दा उनी टिमको एक महत्त्वपूर्ण सदस्य रहेका थिए । उनले उक्त प्रतियोगितामा आफ्नो उत्कृष्ट रक्षात्मक शैली प्रस्तुत गरेका थिए ।

                                     

3. खेल्ने शैली

विकास खवास मैदानको दायाँ पट्टीको रक्षात्मक पंक्ति सम्हाल्ने गर्दछन् । उनी बिपक्षी टिमका खेलाडीहरूको गोल गर्न खोज्ने प्रयासलाई मैदानको डि-बकस भन्दा अगाडिनै क्लियर गर्न माहिर मानिन्छन् । यस्तै अद्भुत रक्षात्मक क्षमताकै कारण उनले सहिद स्मारक ए-डिभिजन लिग २०७५ लिगमा मणि बिक्रम शाह उत्कृष्ट युवा खेलाडी अवार्ड जित्न सफल भएका थिए ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →