Топ-100
Back

ⓘ सूचना प्रविधि तथा दूरसञ्चार मन्त्रालय, पाकिस्तान. सूचना प्रविधि तथा दूरसञ्चार मन्त्रालय सूचना प्रविधि तथा दूरसञ्चारसँग सम्बन्धित पाकिस्तानको एक सरकारी मन्त्रालय ..



                                     

ⓘ सूचना प्रविधि तथा दूरसञ्चार मन्त्रालय (पाकिस्तान)

सूचना प्रविधि तथा दूरसञ्चार मन्त्रालय सूचना प्रविधि तथा दूरसञ्चारसँग सम्बन्धित पाकिस्तानको एक सरकारी मन्त्रालय हो।

                                     

1. सङ्गठनहरू

पाकिस्तान दूरसञ्चार प्राधिकरण

पाकिस्तान दूरसञ्चार प्राधिकरण एक दूरसञ्चार क्षेत्रको नियामक निकाय हो जुन पाकिस्तानमा दूरसञ्चारको स्थापना, सञ्चालन र मर्मतका लागि जिम्मेवार छ।

राष्ट्रिय सूचना प्रविधि विभाग

राष्ट्रिय सूचना प्रविधि विभाग वा राष्ट्रिय सूचना प्रविधि विभाग सन् २०१४ मा पाकिस्तान सुशाङ्ख्य कार्यालय र इलेक्ट्रोनिक सरकार निर्देशनालयको समायोजन भई स्थापना भएको थियो।

                                     

1.1. सङ्गठनहरू राष्ट्रिय दूरसञ्चार निगम

राष्ट्रिय दूरसञ्चार निगम पाकिस्तान सरकारसँग सम्बन्धित सूचना प्रविधि र दूरसञ्चार सेवा प्रदायक निगम हो। राष्ट्रिय दूरसञ्चार निगमले सङ्घीय सरकार, सशस्त्र बल, रक्षा परियोजना, प्रदेशीय सरकार सबै सरकारी संस्थानहरूलाई सूचना प्रविधि सेवा प्रदान गर्दछ।

                                     

1.2. सङ्गठनहरू पाकिस्तान सफ्टवेयर निर्यात विभाग

पाकिस्तान सफ्टवेयर निर्यात विभाग एक शीर्ष सरकारी निकाय हो जुन स्थानीय र अन्तर्राष्ट्रिय बजारमा पाकिस्तानको सूचना प्रविधि उद्योगलाई प्रवर्द्धन गर्न जिम्मेवार छ। पाकिस्तान सफ्टवेयर निर्यात विभागले सूचना प्रविधि उद्योगलाई पूर्वाधार विकास, मानवीय पूँजी विकास, कम्पनीको क्षमता विकास, अन्तर्राष्ट्रिय बजारशास्त्र, रणनीति, अनुसन्धान र नवीन प्रविधिहरूको प्रवर्द्धनका परियोजना र कार्यक्रमहरूको श्रृङ्खलाको माध्यमबाट सुविधा पुर्‍याउँदछ।

                                     

1.3. सङ्गठनहरू राष्ट्रिय सूचना प्रविधि विभाग

राष्ट्रिय सूचना प्रविधि विभाग वा राष्ट्रिय सूचना प्रविधि विभाग सन् २०१४ मा पाकिस्तान सुशाङ्ख्य कार्यालय र इलेक्ट्रोनिक सरकार निर्देशनालयको समायोजन भई स्थापना भएको थियो।

                                     

1.4. सङ्गठनहरू विशेष सञ्चार संस्था

विशेष सञ्चार संस्था, सूचना प्रविधि र दूरसञ्चार मन्त्रालयको प्रशासनिक नियन्त्रण अन्तर्गत सार्वजनिक स्तरको एक संस्था हो जुन सन् १९७६ मा आजाद जम्मू कश्मीर गिल्गित-बाल्तिस्तानमा दूरसञ्चार सेवाहरूको विकास, सञ्चालन र सम्भारको लागि स्थापना भएको थियो।

                                     

1.5. सङ्गठनहरू दूरसञ्चार कोष

दूरसञ्चार कोष, दूरसञ्चार क्षेत्रमा सार्वजनिक क्षेत्र सङ्गठनहरूका कर्मचारीहरूको कल्याणको लागि एक कोषको रूपमा स्थापना गरिएको एक सरकारी निकाय हो। यसले औद्योगिक कम्पनीहरूको स्थापना र वाणिज्यिक गतिविधिहरूको सञ्चालन गरी नाफा प्राप्त गर्ने लक्ष्यहरू लिएको छ। यसले सीमित कम्पनीहरूको पनि स्थापना गरेको छ।

                                     

1.6. सङ्गठनहरू विश्वव्यापी सेवा कोष

पाकिस्तान विश्वव्यापी सेवा कोष, पाकिस्तान सरकारद्वारा कम्पनी अध्यादेश १९८४ अन्तर्गत स्थापना भएको थियो। विश्वव्यापी सेवा कोषले देशव्यापी रूपमा सेवा उपलब्ध नभएका र कम सेवा उपलब्ध भएका क्षेत्रहरूमा दूरसञ्चार सेवाहरूको प्रचार गर्दछ।

                                     

1.7. सङ्गठनहरू पाकिस्तान आभासी विश्वविद्यालय

पाकिस्तान आभासी विश्वविद्यालय, पाकिस्तानको पहिलो विश्वविद्यालय हो जुन पूर्ण रूपमा आधुनिक सूचना तथा सञ्चार प्रविधिहरूमा आधारित छ। सरकारले सार्वजनिक क्षेत्रको रूपमा नाफा कमाउने उद्देशका साथ यस संस्थाको स्थापना गरेको थियो।

                                     

1.8. सङ्गठनहरू प्रज्वलित राष्ट्रिय प्रविधि कोष

प्रज्वलित राष्ट्रिय प्रविधि कोष पूर्व राष्ट्रिय सूचना प्रविधि कोष जनवरी २००७ मा सूचना प्रविधि र दूरसञ्चार मन्त्रालयद्वारा स्थापना गरिएको थियो। यस अनुसन्धान तथा विकास कोषको स्थापनाको उद्देश्य उद्योग र शिक्षाविद्द्वारा प्रस्तावित अनुसन्धान र विकास परियोजनाहरूलाई सहयोग गर्नु हो। पाकिस्तानका सबै दूरसञ्चार सेवा प्रदायकहरूद्वारा कमाइएको कूल राजस्वको केही प्रतिशत यस कोषलाई प्रदान गरिन्छ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →