Топ-100
Back

ⓘ सूचना प्रविधि भन्नाले ध्वनि, तस्बीर, अक्षर तथा अंकको रूपमा सूचनाहरूलाई विद्युतीय यन्त्रहरू, कम्प्युटर तथा दुरसञ्चार प्रविधिको प्रयोग गरी भण्डारण, सम्पादन, सम्प् ..



                                               

सबैभन्दा ठूला इन्टरनेट कम्पनीहरूको सूची

यो इन्टरनेट कम्पनीहरूको सूची राजस्व र बजार पूँजीकरणको आधारमा निर्माण गरिएको हो। सूची, डट-कम कम्पनीहरूमा प्रतिबन्धित छ, जो कम्पनीको रूपमा परिभाषित गरिएको छ र जसले यसको अधिकाङ्श व्यवसाय इन्टरनेटमा गर्दछ र उक्त कम्पनीहरूको वार्षिक राजस्व १ बिलियन अमेरिकी डलर भन्दा बढी रहेको छ। यसले इन्टरनेट सेवा प्रदायक वा अन्य सूचना प्रविधि कम्पनीहरू समावेश गर्दैन। अधिक जानकारीको लागि सबैभन्दा ठूला सूचना प्रविधि कम्पनीहरूको सूची हेर्नुहोस्।

                                               

उरिदू प्यालेस्टाइन

उरिदू प्यालेष्टाइन, प्यालेष्टाइनमा रहेको प्रमुख दुरसञ्चार कम्पनी हो र यो जावल पछिको अर्को प्रमुख दुरसञ्चार कम्पनी हो। यो सन् २००६ मा स्थापना भएको थियो। यो बहुराष्ट्रिय कतारी दूरसञ्चार कम्पनी ओरिदुको सहायक कम्पनी हो। उरिदूको यसमा ४८.४५% को सेयर रहेको छ भने ३४.०३% प्यालेष्टाइन लगानी कोषको र बाँकी १७.५२% अन्य लगानीकर्ताहरू रहेको छ। कम्पनीका हालका अध्यक्ष मोहम्मद अबु रमादन हुन्। उनी पहिला प्यालेष्टाइनका योजना मन्त्री रहेका थिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत दुरघाम माराई हुन्। सन् २०१२ को अन्त्य सम्ममा, यसमा ६,१०,००० ग्राहकहरू रहेका छन् र यसले दूरसञ्चार क्षेत्रमा २८% बजार साझेदारी गरेको छ। ब ...

                                               

भर्जिन मोबाइल साउदी अरब

भर्जिन मोबाइल साउदी अरब एसियाली राष्ट्र साउदी अरबको एक प्रमुख दूरसञ्चार कम्पनीहरू मध्ये एक हो वा साउदी अरबको मोबाइल सञ्जाल प्रदायक कम्पनी हो। यसले सन् २०१४ मा साउदी अरबको सञ्चार तथा सूचना प्रविधि आयोग मार्फत साउदी अरबमा मोबाइल सञ्जाल सञ्चालनको लागि अनुमति पत्र प्राप्त गरेको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत पाउद हलावी हुन्। भर्जिन मोबाइल साउदी अरब, बेलायत बहुराष्ट्रिय दूरसञ्चार कम्पनी भर्जिन मोबाइलको नियन्त्रणमा रहेको छ। कम्पनीलाई आधिकारिक रूपमा भर्जिन मोबाइल साउदी संस्था भनिन्थ्यो। यो एक साउदी अरबी कम्पनी हो जसले स्थानीय, क्षेत्रीय र विश्वव्यापी सेयरधनी र मोबाइल दूरसञ्चारमा विशेषज्ञह ...

                                               

रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति

दूरसञ्चार लगायतका क्षेत्रहरूमा प्रयोग हुने रेडियो फ्रिक्वेन्सीका सम्बन्धमा नेपालको राष्ट्रिय नीति निर्धारण तथा फ्रिक्वेन्सी बाँडफाँड गर्न एक उच्चस्तरीय रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समिति को गठन व्यवस्था दूरसञ्चार ऐन, २०५३ को दफा ४९ मा गरिएको छ।

                                               

सबैभन्दा ठूला सफ्टवेयर कम्पनीहरूको सूची

धेरै सूचीहरू अवस्थित छन् जसले संसारका ठूला सफ्टवेयर कम्पनीहरूको अवलोकन प्रदान गर्दछन् जसलाई स्वतन्त्र सफ्टवेयर बिक्रेता पनि भन्ने गरिएको छ। सूची, संरचनाको पद्धति अनुसार फरक रहेका छन् र फलस्वरूप यी सूचीबद्ध कम्पनीहरू र यी कम्पनीहरूको वरियता दुवैमा यसले भिन्नता देखाउँदछ।

                                               

सङ्गठन

सङ्गठन भन्नाले साझा उदेश्य लियर बृहत पुजि लगानि गरि बस्तु तथा सेवाकाे उत्पादन/उपभाेग तथा विभिन्न कला संस्कृतिकाे संरक्षण सम्बर्धनकाेलागि स्थायि रूपमा बैधानिक मान्यता प्राप्त सामाजिक समूह हाे । सङ्गठन व्यवसायिक, राजनीतिक, आर्थिक, सामाजिक जस्ता सामान उदृेश्य प्राप्तिका लागि एकजुट हुने संस्था हो। मानिस आफु एक्लैले कुनै ठूलो उदृेश्य हासिल गर्न नसक्ने हुनाले उसलाइ सङ्गठनको आवश्यक पर्दछ। एक्लै गर्न नसकिने काम समुहमा गई प्रभावकारी तरिकाले सम्पन्न गर्न सकिन्छ । जब मानिसहरूले कुनै काम प्रभावकारी तरिकाले सम्पन्न गर्न सक्दैनन् उनीहरू सङ्गठनमा आबद्ध हुन्छन् । मानिसहरूले साझा उद्देश्य प्राप्तिका लागि स ...

                                     

ⓘ सूचना प्रविधि

सूचना प्रविधि भन्नाले ध्वनि, तस्बीर, अक्षर तथा अंकको रूपमा सूचनाहरूलाई विद्युतीय यन्त्रहरू, कम्प्युटर तथा दुरसञ्चार प्रविधिको प्रयोग गरी भण्डारण, सम्पादन, सम्प्रेषण, सङ्ग्रह र प्रवाहलाई चिनिन्छ। यसले माानिसको जीवनमा ठूलो भूमिका निर्वाह गरेको हुन्छ। विश्वव्यापी रूपमा सूचना प्रविधि संसारका धेरै देशहरुको आर्थिक विकासको एक प्रमुख तत्व भएको छ। धेरै नवीनताहरू संसारमा आएका छन् तर सबैभन्दा उल्लेखनीय सूचना प्रविधि हो। सूचना प्रविधि जुन दैनिक भाषामा कम्प्युटर संचार टेक्नोलोजीसँग पर्यायवाची छ त्यसलाई त्यो प्रविधिको रुपमा परिभाषित गर्न सकिन्छ जसले सूचना चक्रलाई सजिलो बनाउँदछ। सूचना प्रविधिले स्वयं सेवा सुविधाहरू प्रदान गरेको छ जहाँबाट ग्राहकहरू सजिलैसँग उनीहरूको कागजातहरू सिधै अनलाईनबाटै पूरा गर्न सक्दछन्। सूचना प्रविधिले मानव जीवनको सबै क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ तर सामाजिक प्रगति र प्रविधिमा जोडदार विकासको कारणले मानव जीवनको हरेक पक्षमा सूचनाको भूमिकालाई अत्यन्तै बढाएको छ।

रोजगारमा यसले कम्प्युटरमा आधारित सूचना प्रणालीको अध्ययन, डिजाइन, विकास, अनुप्रयोग, कार्यान्वयन, समर्थन वा व्यवस्थापनमा मद्दत गर्दछ।

सूचना प्रविधिहरूको सहयोगले ईमेलहरू, आवाज र भिडियो कलहरू छिटो, सस्तो र अधिक कुशल भएको छ। विभिन्न देशहरूबाट खरीद सजिलो र अधिक सुविधाजनक बनाउँदै, कुनै पनि समय, जहाँसुकै व्यापार सुरु गर्न सकिन्छ।तर टेक्नोलोजीमा सुधार भएपछि मानव कर्मचारीहरूद्वारा गरिएको कामहरू अब कम्प्युटर प्रणालीहरूद्वारा गरिन्छ जस्ले गर्दा देशमा रोजगारी कम हुन्छ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →