Топ-100
Back

ⓘ लियोनेल मेसी. लियोनेल आन्द्रेस मेसी अर्जेन्टिनाको फुटबल खेलाडी हुन्, जो हाल ला लिगा टिम बार्सिलोना र अर्जेन्टिनाको लागि खेल्छन् । मेसी आफ्नो पुस्ताका सर्वश्रेष् ..



                                               

सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची

यस लेखले सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक अनुसरण गरिएको खाताहरूको सूची प्रस्तुत गर्दछ। मे २०२० सम्ममा, इन्स्टाग्राममा सबैभन्दा अनुसरण गरिएका व्यक्ति पुर्तुगाली फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो हुन् जसका २१ करोड ७० लाख भन्दा बढी अनुयायीहरू रहेका छन्। सामाजिक सञ्जाल इन्स्टाग्रामको आफ्नै खाता छ जसलाई सर्वाधिक अनुसरण गरिएको छ वा ३४ करोड ८० लाख अनुयायीहरूको साथ यो शीर्षक स्थानमा रहेको छ। सञ्जालमा सबैभन्दा धेरै अनुसरण गरिएकी स्त्री अमेरिकी गायिका अरियाना ग्रान्डे हुन् जसको १८ करोड ५० लाख भन्दा बढी अनुयायीहरू छन्। इन्स्टाग्राम पछिको सर्वाधिक अनुसरण गरिएको ब्रान्ड खाता भनेको नेसनल जियोग्रा ...

लियोनेल मेसी
                                     

ⓘ लियोनेल मेसी

लियोनेल आन्द्रेस मेसी अर्जेन्टिनाको फुटबल खेलाडी हुन्, जो हाल ला लिगा टिम बार्सिलोना र अर्जेन्टिनाको लागि खेल्छन् । मेसी आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन्, मेसीले २१ वर्षको उमेरमा नै बेलोन डी ओर र फिफा सर्वश्रेष्ठ वर्षको खेलाडीको उपाधि प्राप्त गरे । उनको खेल शैली र क्षमताको कारणले गर्दा उनलाई फुटबलको बादशाह भनेर चिनिने म्याराडोनासँग तुलना हुन लाग्यो, जसले आफैँ मेसीलाई आफ्नो "उत्तराधिकारी" घोषित गरेका थिए।

मेसीले कम उमेरमानै फुटबल खेल्न शुरू गरे र चाँडै नै बार्सिलोनाले उनको क्षमता पहिचान गर्‍यो। उनले सन २००० मा रोसारियोमा अवस्थित न्युवेल्स ओल्ड ब्वाइज युवा टिम छोडेर आफ्नो परिवारसित युरोप आए, किनकि बार्सिलोनाले उनको विकास हार्मोनको कमीको लागि उपचार गरिदिने प्रस्ताव राखेको थियो । सन् २००४-०५ सिजनमा पहिलो पटक मैदानमा ओर्लेर उनले सबैभन्दा कम उमेरमा लिग खेल खेल्ने फुटबल खेलाडीको ला लिगा रेकर्ड तोडे र साथै सबैभन्दा कम उमेरमा लिग गोल स्कोर गर्ने खेलाडी बने। मेसीको प्रथम आगमनमै उनले बार्सिलोनालाई ला लिगा जिताउन सफल भए र सन् २००६ मा पुन: सो लिग र युइएफए यूरोपियन च्याम्पियनशीप जिताएर चाँडै नै प्रमुख सम्मान प्राप्त गरे। सन् २००६-०७ उनको सफलताको सिजन थियो: एल क्लासिकोमा एक ह्याट्रिक र २६ लिग म्याचहरूमा १४ गोल गर्दै, उनले नियमित रूपले खेल जित्ने पहिलो समुहमा ठाउँ बनाए। सम्भवतः सन् २००८-०९ को सिजन उनको सबैभन्दा सफल सिजन थियो, जसमा मेसी ३८ गोल गर्दै लगातार तेस्रो विजय अभियानको अभिन्न अङ्ग बने।

मेसी, २००५ फिफा विश्व युवा च्याम्पियनसिपमा अन्तिम खेलमा २ गोल सहित जम्मा ६ गोल गरी शीर्ष स्कोर गर्ने खेलाडी बने। त्यसको लगत्तै, उनी अर्जेन्टिनाको अन्तर्राष्ट्रिय टिमको एक सदस्यको रूपमा स्थापित भए। सन् २००६ मा, उनी अर्जेन्टिनाबाट फिफा विश्वकपमा खेल्ने सबैभन्दा कम उमेरको खेलाडी बने र अर्को वर्ष उनले कोपा अमेरिका प्रतियोगितामा उप-विजेताको पदक जित्न सफल भए। सन् २००८ मा, उनले अर्जेन्टिना ओलम्पिक फुटबल टिमसँग बेइजिङमा भएको ओलम्पिक खेलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय सम्मान, ओलम्पिक स्वर्ण पदक जितेका थिए।

                                     

1. प्रारम्भिक जीवन

मेसीको जन्म सन् २४ जुन, १९८७ मा रोसारियो, अर्जेन्टिनामा जर्ज मेसी एक कारखाना मजदुर सीलिया उर्फ कुक्कीटिनी एक अंशकालिक क्लीनर दम्पतीको घरमा भएको थियो । उनको पुर्खाको उद्गम इटालीको सहर एङ्कोनाबाट भयो, जहाँबाट सन् १८८३ मा उनको पूर्वज, एञ्जलो मेसी अर्जेन्टिनामा प्रवेश गरेका थिए। उनको रडरिगो तथा मेशियस नाम गरेका दुई दाजुहरूका साथै मारिया सोल नाम गरेकी एक बहिनी पनि छन्। मेसी पाँच वर्षको उमेरदेखि आफ्ना बुवा जर्ज मेसीले प्रशिक्षण गरिरहेको एक स्थानीय क्लब ग्रैन्डोलीको लागि फुटबल खेल्न आरम्भ गरे। सन् १९९५ मा मेसी आफ्नो गृहनगर रोसारियोमा अवस्थित न्युवेल ओल्ड ब्वाइज क्लबको लागि खेल्न शुरू गरे। ११ वर्षको उमेरमा उनको प्रारम्भिक परीक्षणमा शारीरिक विकास हार्मोनको कमी पाइयो। प्राथमिक डिभिजन क्लब रिभर प्लेटले मेसीको उपचार प्रति चासो देखायो तर क्लबसँग उनको उपचारको लागि पर्याप्त सम्पति थिएन किनभने उनको उपचारमा प्रति महिना ९०० अमेरिकी डलर लाग्थ्यो।लेइडा, क्याटालोनियामा रहेका मेसीका एकजना आफन्तले बार्सिलोनाका खेल प्रबन्धक कार्ल्स रिक्सैकलाई मेसीको प्रतिभाको बारेमा बताए र मेसी र उनको बुवाको लागि परीक्षण दिने व्यवस्था मिलाए । उनको खेल परीक्षण गरे पछि बार्सिलोनाले उनलाई यदि उनी स्पेन स्थान्तरित हुन तयार छन् भने उनको उपचार खर्च ब्यहोर्ने शर्तमा अनुबन्धन गर्‍यो। त्यसपछि मेसी सपरिवार युरोप स्थान्तरित भए र बार्सिलोनाक्लबको युवा टिममा खेल्न शुरू गरे।

                                     

2.1. क्लब जीवन बार्सिलोना

मेसीले सन् १६ नोभेम्बर, २००३ मा १६ वर्ष र १४५ दिनको उमेरमा पोर्टो बिरुद्ध एक मैत्रीपूर्ण खेलबाट आफ्नो पहिलो क्लबको लागि आफ्नो खेल जीवनको औपचारिक शुरूवात गरे। त्यसको एक वर्षभन्दा पनि कम समयमा नै सन् २०१६ अक्टोबर, २००४ मा १७ वर्ष र ११४ दिनको उमेरमा फ्रान्क रिजकार्डले उनलाई इस्पेन्योल बिरुद्धको खेलबाट आफ्नो पहिलो लिग खेल शुरूवात गर्ने मौका दिए र उनी त्यस समयसम्ममा बार्सिलोनाको लागि खेल्न तेस्रो सबैभन्दा कम उमेरको खेलाडी र ला लिगामा गोल गर्ने सबैभन्दा युवा क्लब खेलाडी बने जुन रेकर्ड सन् सेप्टेम्वर, २००७ उनकै सहकर्मी बोजन क्रिचले तोडे। जब उनले सन् १ मे, २००५ मा अल्बासेट बोलाम्पिको बिरुद्ध क्लबको लागि आफ्नो पहिलो सिनियर गोल गरे तब मेसी १७ वर्ष, १० महिना र ७ दिनको उमेरका थिए र उनी बार्सिलोनाको लागि ला लिगा खेलमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बने, जुन रेकर्ड २००७ मा मेसीकै सहयोगमा बोजन क्रिचले तोडे ।) मेसीले आफ्नो पूर्व प्रशिक्षक फ्रान्क रिजकार्डको बारेमा भनेका छन्: उनले मेरो खेल जीवनको शुरुवात गराएको तथ्य म कहिल्यै भुल्न सक्दिन, उनले म १६/१७ वर्षको मात्र हुँदा नै ममा विश्वास जगाए।

                                     

2.2. क्लब जीवन २००५-०६ सिजन

१६ सेप्टेम्बरमा तीन महिनामा नै दोस्रोपटक बार्सिलोनाले मेसीको अनुबन्धनको म्याद थप गरेको घोषणा गर्‍यो, यसपल्ट उनलाई पहिलो समूहको सदस्यको रूपमा भुक्तानी दिने र जुन २०१४ सम्म अनुबन्धन म्याद थप्ने कार्य भयो। मेसीले २६ सेप्टेम्बर मा स्पेनी नागरिकता प्राप्त गरेर ग्रहण गरे र अन्ततः सिजनको स्पेनी फर्स्ट डिभिजनमा पहिलोपल्ट खेल्नमा सक्षम भए। मेसीले २७ सेप्टेम्बरमा पहिलोपटक गृहमैदान बाहिर युएएफए च्याम्पियनस लिगमा इटालियन क्लब उडिनीज बिरुद्ध खेले । मेसीको आत्मसंयम र रोनाल्डिन्होसँग संयोजनले बार्सिलोना राम्रो स्थितिमा पुगेकोले बार्सिलोना क्याम्प नउ स्टेडियममा प्रशंसकहरूले उभिएर ताली बजाएर सम्मान गरेका थिए।

मेसीले सत्र लिग खेलहरूमा ६ छ गोल गरे, सो छ मध्यमा एक च्याम्पियन्स लिग गोल स्कोर गरे। ७ मार्च, २००६मा च्याम्पियन्स लिग टाईको दोस्रो चरणको खेलमा चेल्सी बिरुद्धको खेलको क्रममा दायाँ तिग्राको मासु पल्टिएको कारण समय भन्दा पहिले उनको सिजन समाप्त भयो। फ्रान्क रिजकार्डको बार्सिलोनाले सो सिजन स्पेन र यूरोपको विजेताको रूपमा समापन गर्‍यो।

                                     

2.3. क्लब जीवन २००६-०७ सिजन

२००६-०७ सिजनमा, २६ खेलहरूमा १४ गोल गर्दै मेसीले आफूलाई समुहको नियमित अग्रस्थानको खेलाडीको रूपमा स्थापित गरे। १२ नोभेम्बरमा भएको रियल जारागोजा बिरुद्धको खेलमा मेसीको खु्ट्टाको हड्डी भाँचियो, जसको कारणले उनी तीन महिनाको खेल खेल्नबाट वञ्चित भए। मेसी आफ्नो चोट निको नहुँदासम्म अर्जेन्टिनामा बसे र निको भएपछि ११ फेब्रुअरीमा रेसिङ्ग स्याट्यान्डर बिरुद्धको खेलमा मैदानमा उत्रिए । जसमा उनी दोस्रो-हाफमा स्थानापन्नको रूपमा संलग्न भए । ११ मार्चमा, रियल म्याड्रिड बिरुद्धको खेएल क्लासिको मा १० जना खेलाडी मात्र सिमित बार्सिलोनाबाट खेलेका मेसीले ह्याट-ट्रिक गर्दै ३-३ को बराबरीमा रोकेर आफ्नो क्षमता प्रदर्शन गरे, जसमा उनले तेस्रो गोल इन्जुरी-समयमा गरेका थिए। यस प्रदर्शनबाट उनी इवान जमोरानो रियल मैड्रिडको १९९४-९५ सिजनमा पछि एल क्लासिको मा लगातार तीन गोल गर्ने पहिले खेलाडी बने, साथै मेसी यस खेलमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी पनि बने। उनले यस सिजनमा गरेका १४ गोलहरू मध्य ११ गोल अन्तिम १३ खेलहरूमा गरेका थिए ।

मेसीले एकै सिजनको क्रममा म्याराडोनाको सबैभन्दा प्रसिद्ध गोलहरूलाई लगभग दोहोराउँदै आफूलाई "नयाँ म्याराडोना"को रूपमा साबित गरे। १८ अप्रिल, २००७मा उनले कोपा डेल रेको सेमी-फाइनलमा गेटाफे बिरुद्धको खेलमा दुई गोल गरे, जुन मेक्सिकोमा सम्पन्न १९८६ FIFA विश्व कपमा इङ्ल्यान्ड बिरुद्धको खेलमा म्याराडोनाले गरेका प्रसिद्ध गोलहरू सँग धेरै मिल्दो-जुल्दो थियो। विश्वका खेल पत्रकारहरूले उनलाई म्याराडोनासँग तुलना गरे र स्पेनिश पत्रिकाहरूले मेसीलाई "मेसीडोना" उपनाम दिए। उनले यस खेलमा उही ६२ मिटरको दुरी पार गर्दै, त्यति नै खेलाडीहरू गोलकीपर सहित ६ जनालाई छक्काउँदै, लगभग एउटै नै स्थानबाट गोल गरे र कुनाको झण्डातिर दौडिए, जुन २१ वर्ष पहिला म्याराडोनाले मेक्सिकोमा गरेका थिए। खेलपछि एक पत्रकार सम्मेलनमा मेसीका समकक्षी खेलाडी डेकोले भने: "यो मैले आफ्नो जीवनमा देखेका गोल मध्य सर्वोत्कृष्ट गोल हो।" स्पेनियोल बिरुद्धको खेलमा पनि मेसीले एउटा यस्तो गोल गरे, जुन विश्वकपको क्वार्टर फाइनलमा इंग्ल्याण्ड बिरुद्धको खेलमा म्याराडोनाले गरेको गोल"सँग मिल्दो-जुल्दो थियो। स्पेनियोलका खेलाडीहरूको विरोधको बावजूद र रिप्लेमा पनि त्यो स्पष्टतः ह्याण्डबल भन्ने देखिंदा देखिंदै पनि त्यो गोल बनिरह्यो.



                                     

2.4. क्लब जीवन २००७-०८ सिजन

thumb|180px|मेसीले २२ सेप्टेम्बर २००७को शिविर नाउमा सेविया बिरुद्धको खेलमा बार्सिलोनालाई २-०ले जिताए २००७-०८ सिजनको क्रममा, मेसीले एक हप्तामा पाँच गोल गर्दै बार्सिलोनालाई ला लिगाको शीर्ष चारमा पुर्याए। १९ सेप्टेबरमा च्याम्पियन्स लिग म्याचमा आफ्नो गृहमैदानमा बार्सिलोनाले लियोनलाई ३-०को अन्तरले हराउँदा मेसीले एक गोल गरे। उनले २२ सेप्टेबरमा सेभिला फुटबल क्लबको बिरुद्ध दुई गोल गरे र फेरि २६ सेप्टेबरमा मेसीले रियल जारागोजा बिरुद्ध ४-१को जीतमा दुई गोल गरे। २७ फेब्रुअरीमा मेसीले भ्यालेन्शिया बिरुद्ध बार्सिलोनाको लागि आफ्नो १००औं आधिकारिक खेल खेले।

मेसी अग्रपंक्तिको श्रेणीमा फिफाप्रो विश्वका दश खेलाडी अवार्डको लागि मनोनित गरियो। एक स्पेनिश पत्रिका मार्का को अन-लाईन संस्करणमा गरिएको सर्वेक्षणमा उनलाई ७७ प्रतिशत मत सहित विश्वको सर्वोत्कृष्ट खेलाडीको रूपमा चुनियो। बार्सिलोना-आधारित अखबार एल मुन्डो डिपोर्टिवो र स्पोर्ट को स्तम्भकारहरूले उल्लेख गरे कि मेसीलाई ब्यालन डीओर दिनु पर्छ र फ्रान्ज बेकेनबएरले पनि यसको समर्थन गरे। फ्रान्सेस्को टोट्टी जस्ता फुटबलका महान हस्तिहरूले घोषणा गरे कि उनीहरू मेसीलाई अहिलेका विश्वका सर्वोत्कृष्ट फुटबल खेलाडीहरू मध्य एक मान्छन्।

४ मार्चमा केल्टिक बिरुद्धको खेलमा मेसीको बायाँ तिघ्राको मांसपेशी फाटेपछि उनी एक हफ्ता भरीको लागि खेलबाट बाहिरिए। मेसीको यस प्रकारको चोट लागेको यो तीन सिजनहरूमा चौथो पल्ट थियो। मेसी यो चोटबाट फिर्ता भएपछि ४ मे २००८मा भ्यालेन्सिया बिरुद्धक ६-०को जीतमा उनको २००७-०८ सिजनको अन्तिम गोल गरे। यस सिजनका सबै खेलहरूमा मेसीले १६ गोल र १३मा सहायता प्दान गर्न सफल भए।

                                     

2.5. क्लब जीवन २००८-०९ सिजन

क्लबबाट रोनाल्डिन्होको प्रस्थान सँगै उनको १० नम्बर जर्सी मेसीले प्राप्त गरे । सन् १ अक्टोबर २००८ मा, सख्टार डोनेट्स्क बिरुद्धको च्याम्पियन्स लिग म्याचको क्रममा मेसीले थियरी हेनरीको सट्टामा खेलमा प्रवेश गरेर अन्तिम सात मिनेटमा दुई गोल गरेर बार्सिलोनाको लागि १-० को हारको अवस्थालाई १-२को जितमा परिणत गरी दिए । यस पछिको एट्लेटिको म्याड्रिड बिरुद्धको लिग खेललाई मेसी र उनको राम्रा साथी सर्जियो अग्वेरोको बीच एक मैत्रिपूर्ण संघर्षको रूपमा प्रचार गरियो । मेसीले फ्रि किकमा एक गोल गरे र बाँकीमा सहायता गरेर बार्सालाई ६-१ को जित हासिल गराए । मेसीले सेभिलाको बिरुद्ध २३ मिटर २५ यार्ड देखि बललाई उठाएर गोलरक्षकलाई छक्काउँदै टाइट एङ्गलबाट एक अर्को उत्कृष्ट गोल गरे । सन् १३ डिसेम्बर २००८ मा, एल क्लासिकोको पहिलो सिजनको क्रममा मेसीले रियल म्याड्रिड बिरुद्धको बार्सिलोनाको २-० जितमा दोस्रो गोल गरे । यसै वर्ष उनलाई २००८ फिफा वर्षको विश्वको खेलाडी अवार्डमा ६७८ अङ्क सहित दोस्रो स्थानमा मनोनित भए ।

मेसीले एटलेटिको म्याड्रिड विरुद्धको कोपा डेल रे टाईमा पहिलो पल्ट ह्याटट्रिक गर्दै बार्सिलोनालाई ३-१ को जित हासिल गराए । मेसीले सन् १ फेब्रुअरी २००९ मा रेसिङ्ग स्यान्टेन्डर बिरुद्धको खेलमा पहिलो हाफमा १-० ले तल इरेको अवस्थामा दोस्रो हाफमा सट्टामा प्रवेश गरी महत्त्वपूर्ण दुई गोल गर्दै बार्सिलोनालाई १-२ को जित दिलाउन मद्दत गरे । यस मध्ये दोस्रो गोल बार्सिलोनाको लागि ५०००औँ लिग गोल थियो । ला लिगाको २८औं चरणमा, मेसीले सबै प्रतियोगिताहरूमा सिजनको आफ्नो ३०औं गोल गर्दै आफ्नो टिमलाई मलागा सीएफ बिरुद्ध ६-० को जित हासिल गर्नमा सहयोग गरे । ८ अप्रिल २००९मा उनले बायर्न म्यूनिख बिरुद्धको च्याम्पियन्स लिगमा दुई पल्ट गोल गर्दै प्रतियोगितामा नौ गोलहरूको व्यक्तिगत रेकर्ड बनाए । १८ अप्रिलमा मेसीले गेटाफमा प्राप्त १-०को जितमा सिजनको आफ्नो २०औं लिग गोल गरे, जसको कारणले बार्सिलोना रियल म्याड्रिडलाई छ-अंकले तल पार्दै लिग तालिकाको शीर्ष स्थानमा रहन सफल भयो ।

बार्सिलोना सिजनको समापन तिर उन्मुख रहँदा मेसीले सान्टियागो बर्नब्यूमा रियल म्याड्रिड माथी ६-२को विजयमा दुई गोल सबै प्रतियोगिताहरूमा उनको ३५औं र ३६औं गोल गरे । यो हार रियल म्याड्रिडको लागि १९३० पछिको सबैभन्दा ठूलो हार थियो । मेसीले च्याम्पियन्स लिग सेमी-फाइनलमा चेल्सी बिरुद्ध आन्ड्रेस इनिएस्टालाई अतिरिक्त समयमा गोल बनाउन सहयोग गरेका थिए, जसबाट बार्सिलोनाले फाइनलमा म्यानचेस्टर युनाइटेडको सामना गर्न पायो । उनले एथलीटिक बिलबाओ बिरुद्ध ४-१को जितमा एक गोल तथा अन्य दुईमा सहयोग गर्दै १३ मेमा आफ्नो पहिलो कोपा डेल रे जिते । उनले ला लिगा जितेर आफ्नो टिमलाई दोहरो जित दिलाउँनमा सहयोग गरे। २७ मेमा उनले ७० मिनेटमा दोस्रो गोल गर्दै बार्सिलोनालाई २००९ युइएफए च्याम्पियन्स लिग फाइनल दुई गोलको अग्रताले जित्नमा मद्दत गरे, साथै नौ गोलको साथ उनी टुर्नामेन्टको इतिहासमा सबैभन्दा युवा तथा चैम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बने । यूरोपमा शानदार वर्ष संपन्न गर्दै मेसीले युइएफए वर्षको क्लब अग्रपंक्तको खेलाडी र युइएफए वर्षको क्लब फुटबल खेलाडीको उपाधी पनि जिते । उनको यस जितको मतलब बार्सिलोनाले पहिलो पल्ट कुनै स्पेनिश क्लबले नसकेको एकै सिजनमा कोपा डेल रे, ला लिगा र युइएफए च्याम्पियन्स लिगमा विजय थियो ।



                                     

2.6. क्लब जीवन २००९-१० सिजन

२००९ युइएफए सुपर कप जीते पछि, बार्सिलोनाका प्रबन्धक जोसेप गार्डियोलाले जोड दिदै भने कि मेसी उनले अहिले सम्म देखेका खेलाडी मध्य सबैभन्दा राम्रो खेलाडी हुन ।

१८ सेप्टेम्बरमा, मेसीले बार्सिलोनासँग जसमा €२.५ अरबको खरीद-नियन्त्रणको प्रावधान सहित २०१६ सम्मको लागि नयाँ अनुबन्धनमा हस्ताक्षर गरे, जसबाट मेसी लगभग € ९५ लाख वार्षिक आय सहित, जाल्टान इब्राहिमोभिच बराबर ला लिगाको उच्चतम पारिश्रमीक लिने खेलाडी बने । चार दिन पछि २२ सेप्टेम्बरमा, मेसीले ला लिगामा रेसिङ्ग स्यान्टेन्डर बिरुद्ध दुई गोल र अर्को एक गोलमा सहयोग गर्दै बार्सालाई ४-१ जीत दिलाए। मेसीले २९ सेप्टेम्बरमा डाइनमो कीव माथीको २-० जीतमा सिजनको पहिलो यूरोपीय गोल गरे । मेसीले क्याम्प नउमा रियल जारागोजाको ६-१को ठूलो पराजयको क्रममा एक गोल गर्दै ला लिगामा सात खेलमा छ गोलको अनुपात बनाए र ७ नोभेम्बरमा क्याम्प नउमा मालर्का माथी बार्साको ४-२को जीतमा पनि पेनाल्टिमा गोल गरे ।

१ डिसेम्बर २००९ मा, मेसी उपविजेता क्रिस्टियानो रोनाल्डोलाई २३३को बिरुद्ध ४७३को ठूलो मतान्तरले पछाडी पार्दै २००९ ब्यालन डीओरको विजेताको रूपमा घोषित भए। यसपछि फ्रान्स फुटबल पत्रिकाले मेसीको भनाईलाई उद्धृत गर्दै लेख्यो: "म यसलाई आफ्नो परिवारलाई समर्पित गर्दछु। मलाई उनीहरूको आवश्यकता पर्दा उनीहरू संधै म सँगै हुन्थे र कहिलेकाँही उनीहरूले म भन्दा पनि ज्यादा गहराईबाट मेरा भावनाहरूलाई महसूस गरेका छन।

१९ डिसेम्बरमा, अबूधाबीमा एस्टुडियान्टेस बिरुद्ध २००९ फिफा क्लब विश्वकपको फाइनलमा मेसीले गोल गर्दै क्लबलाई विजयि बनाए। दुई दिन पछि, उनी क्रिस्टियानो रोनाल्डो, जावी हर्नान्डेज, काका र आन्ड्रेस इनिएस्टालाई पछि पार्दै फिफा वर्षको खेलाडीको रूपमा घोषित भए। उनले यो पुरस्कार पहिलो पटक जितेका थिए र उनी यो सम्मान पाउने पहिलो अर्जेन्टिनी खेलाडी बने। १० जनवरी २०१० मा, मेसीले सीडी टेनेरिफ बिरुद्धको ०-५को जितमा २०१०को आफ्नो पहिलो ह्याट-ट्रिक र सिजनको पहिलो ह्याट-ट्रिक गरे। १७ जनवरीमा, मेसीले सेविला माथी ४-०को जीतमा क्लबको लागि आफ्नो १००औं गोल गरे।

                                     

3. अन्तर्राष्ट्रिय खेल जीवन

जुन २००४ मा, पाराग्वे बिरुद्ध अन्डर-२० मैत्रीपूर्ण खेलमा उनले अर्जेन्टिनाको लागि पहिलो खेल खेले। सन् २००५ मा वहाँले नेदरल्यान्डमा २००५ फिफा वर्ल्ड युथ च्याम्पियनसिप जितने टिमको खेलाडी थिए। यहाँ उनले अर्जेन्टिनाको लागि अन्तिम चार खेल खेलेर प्रतियोगिता अवधिमा सर्वाधिक ६ गोल गर्दै गोल्डन बल र गोल्डन बुट जिते ।

उनले १७ अगस्ट २००५मा १८ वर्षको उमेरमा हङ्गेरी बिरुद्ध पहिलो पूर्ण अन्तर्राष्ट्रिय खेल खेले। ६३औँ मिनेटमा उनले अर्को खेलाडीलाई प्रतिस्थापित गरे, तर ६५औँ मिनेटमा निष्कासित भए किन भने रेफ्री, मार्कस मर्कले उनले आफ्नो सर्ट तान्दै गरेका रक्षापंक्ति विलमस भ्यानज्याकलाई टाउकाले हानेका देखेका थिए। यो निर्णय विवादास्पद थियो र म्याराडोनाले पनि निर्णय पूर्व-निर्धारित भएको दावा गरेका थिए। ३ सेप्टेम्बरमा विश्वकप छनौटमा पाराग्वेलाई १-०ले हराएको खेलबाट मेसी टिममा फिर्ता भए। म्याच अगावै उनले भने कि "यो मेरो पून:शुरूआत हो। पहिलो धेरै कम समयको लागि नै थियो।" यसपछि उनले अर्जेन्टिनाको लागि पेरू बिरुद्ध आफ्नो पहिलो खेल शुरू गरे; म्याच पछि पेकरम्यानले मेसीलाई एक "रत्न"को रूपमा वर्णन गरे।

२८ मार्च, २००९मा भेनेजुएला बिरुद्द विश्वकप छनौटमा मेसीले पहिलो पल्ट अर्जेन्टिनाको लागि १० नम्बरको जर्सी लगाए। यो म्याच डिएगो म्यारडोनाको लागि अर्जेन्टिनाको प्रशिक्षकको रूपमा पहिलो आधिकारिक म्याच थियो। लियोनेल मेसीको शुरुवाती गोलको मद्दतले अर्जेन्टिनाले खेल ४-० ले जित्यो।

                                     

3.1. अन्तर्राष्ट्रिय खेल जीवन २००६ फिफा विश्व कप

यस चोटले मेसीलाई २००५-०६ सिजनको अन्तमा दुई महिनाको लागि खेलबाट बाहिर राख्यो, यसको कारणले विश्वकपमा मेसीको उपस्थिति पनि आशङ्काको घेरामा पर्‍यो। तापनि, मेसीलाई १५ मे २००६मा हुने प्रतियोगिताको लागि अर्जेन्टिनी टिममा छानियो । उनले विश्वकप भन्दा पहिले, अर्जेन्टिना अन्डर-२० टिमको बिरुद्ध फाइनल म्याचमा १५ मिनेट र एङ्गोला बिरुद्ध मैत्रिपूर्ण खेलमा ६४ मिनेट खेले। उनले आइभरी कोस्ट बिरुद्ध अर्जेन्टिनाको शुरूवाती म्याच विजय प्रतिस्थापकहरूको बेञ्चबाट हेर्न मात्र पाए। सर्बिया बिरुद्ध अर्को म्याचमा मेसी ७४औँ मिनेटमा म्याक्सी रोड्रिग्वेजको स्थानमा मैदानमा छिरेर विश्वकपमा अर्जेन्टिनाबाट खेल्ने सबैभन्दा कम उमेरको खेलाडी बने। उनले खेलमा प्रवेश गरेको केही मिनेटमा नै हरनान क्रेस्पोलाई गोल गर्नमा सहयोग गरे र ६-० को जितमा अन्तिम गोल पनि गर्न सफल भए, यसबाट उनी प्रतियोगितामा सबैभन्दा कम उमेरको स्कोरर र विश्व कपको इतिहासमा सबैभन्दा कम उमेरको छैठौ गोल गर्ने स्कोरर बने। मेसीले नेदरल्यान्ड बिरुद्ध अर्जेन्टिना ०-० को बराबरीमा शुरूवात गरे।मेक्सिको बिरुद्धको अर्को खेलमा १-१ गोलको बराबरी संगै, मेसी ८४औं मिनेटमा स्थानापन्नको रूपमा मैदान प्रवेश गरे। अर्जेन्टिनालाई अगाडि बढनको लागि अतिरिक्त समयमा एक गोलको आवश्यकता रहेको अवस्थामा उनले गोल स्कोर गर्नै लागेका थिए, तर उनलाई अफसाइड घोषित गरियो। प्रशिक्षक जोस पेकरम्यानले जर्मनी बिरुद्धको क्वार्टर-फाइनल खेलमा मेसीलाई मैदान प्रवेश गराएनन्, जुन खेल अर्जेन्टिनाले पेनाल्टी शूटआउटमा ४-२ले हार्‍यो।

                                     

3.2. अन्तर्राष्ट्रिय खेल जीवन २००७ कोपा अमेरिका कप

मेस्सिले २९ जुन २००७ मा, कोपा अमेरिका कप२००७मा आफ्नो पहिलो खेल खेले, यस खेलमा अर्जेन्टिनाले संयुक्त राज्य अमेरिकालाई ४-१को गोल अन्तरले हरायो। यस खेलमा, उनले एक प्लेमेकरको रूपमा आफ्नो क्षमता प्रदर्शन गरे। उनले आफ्नो सहकर्मी स्ट्राइकर हरनान क्रेस्पोको लागि गोल गर्नमा सहयोग गरे। ७९औं मिनेटमा टेभेज मेसीको बदलामा मैदानमा आए र केही मिनेट पछि गोल स्कोर गरे।

उनको दोस्रो म्याच कोलम्बियाको बिरुद्ध खेले, जसमा उनले एक पेनाल्टी पाए र यसलाई क्रेस्पोले सहि सदुपयोग गर्दै खेललाई १-१को बराबरीमा परिवर्तित गर्नमा सफल भए। उनी अर्जेन्टिनाको दोस्रो गोलको पनि भगिदार भए किन भनें उनीलाई बक्सको बाहिर फल भएको थियो, जसलाई जुआन रिकेल्मीले फ्रिकिकबाट गोलमा परिणत गरिदिए र अर्जेन्टीनाले ३-१को अग्रता हासिल गर्‍यो। खेलको अन्तिम स्कोर ४-२ का साथ अर्जेन्टिना टूर्नामेन्टको क्वार्टर-फाइनलमा प्रवेस गर्‍यो।

पाराग्वेको बिरुद्ध तेस्रो खेलमा, मेसी क्वार्टर-फाइनलको लागि योग्य साबित भईसकेकाले प्रशिक्षकले उनलाई विश्राम दिए। उनलाई ६४औं मिनेटमा ०-० स्कोरको अवस्थामा इस्टेबन क्याम्बियासोको बदलामा मैदानमा उत्रिने मौका मिल्यो। ७९औं मिनेटमा उनले ज्यावियर म्यास्चरानोलाई गोल गर्न सहयोग गरे। क्वार्टर-फाइनलमा अर्जेन्टिनाले पेरूलाई ४-०को गोल अन्तरले हराउँदा मेसीले रिकेल्मीको पासमा भन्दा खेलको दोस्रो गोल गरे। मेक्सिकोको बिरुद्ध सेमी-फाइनल म्याचमा मेसीले गोलरक्षक ओसवाल्डो स्यान्शेज भन्दा माथीबाट उफारेर गोल गरे, जसबाट अर्जेन्टिना ३-० जीतका साथ फाइनलमा पुग्न सफल भयो। तर फाइनलमा अर्जेन्टिनाले ब्राजिल सँग ३-०को हार ब्यहोर्नु पर्‍यो।



                                     

3.3. अन्तर्राष्ट्रिय खेल जीवन २००८ ग्रीष्मकालीन ओलम्पिक

२००८ ग्रीष्मकालीनओलम्पिकमा मेसीलाई अर्जेन्टिनाको लागि खेल्नबाट निषेध गरिए पछि, उनले बार्सिलोनाका नयाँ प्रशिक्षक जोसेप गार्डियोला सँग वार्ता गरे र पछि मात्र उनलाई खेल्न दिने सहमति जनाए। उनी अर्जेन्टिनाको टिममा समावेस भएर आइभोरी कोस्ट माथिको २-१ को जितमा पहिलो गोल स्कोर गरे । यसपछि खेलमा उनले शुरूवाती गोल गरे र दोस्रो गोलको लागि एन्जल डी मारियालाई सहयोग गर्दे अर्जेन्टिनालाई नेदरल्यान्ड बिरुद्ध अतिरिक्त समयमा २-१ को जित हासिल गराए। उनले प्रतिद्वन्द्वी ब्राजिल बिरुद्धको म्याचमा पनि भाग लिए, जसमा अर्जेन्टिनाले ३-०को जित हासिल गरी फाइनलमा प्रवेश गर्‍यो। फाइनल खेलमा मेसीले फेरी एकमात्र गोलको लागि डी मारियालाई सहयोग गरी नाइजेरियालाई १-०ले पराजित गरी अर्जेन्टिनालाई विजयी बनाए।

                                     

4. व्यक्तिगत जीवन

मेसी एक चरणमा, आफ्नो गृहनगर रोसारियोको माकारीना लीमोससँग रूमानी तरिकामा आवद्ध थिए। उनी भन्छन् कि जब उनी २००६ विश्वकप शुरू हुनु भन्दा केही दिन पहिले चोटबाट मुक्ति पाउनको लागि रोसारियो फर्किए थिए तब केटीको बुवाले नै उनीसँग परिचय गराएका थिए। अतीतमा पनि उनको नाम अर्जेन्टिनी मोडल लूसियाना सालाजारसँग जोडिएको थियो। जनवरी २००९मा उनले च्यानल ३३को एक कार्यक्रम "ह्याट-ट्रिक बार्सा"मा भने: "मेरो एउटा प्रेमिका छ र उनी अर्जेन्टिनामा बस्छिन, म निश्चिन्त र खुशी छु।" उनी बार्सिलोना-एस्पेनयल डर्बी पछि, सिटजेसको एक कार्निवलमा एन्टोनेला रोकुजो नामक युवती सँग देखिए। रोकुजो पनि रोसारियो कै वासिन्दा हुन।

फुटबल क्षेत्रमा उनको दुई काकाका छोराहरू म्याक्सी र इमान्युअल बियानकुची पनि छन। म्याक्सी पाराग्वेको क्लब ओलम्पियाका विङ्गर छन र इमान्युअल बियानकुची स्पेनको गिरोना एफसीमा मध्यपंक्ति छन।

भिडियो गेम प्रो इभोल्यूशन सकर २००९ र प्रो इभोल्यूशन सकर २०११को मुखपृष्ठमा उनको तस्बीर अङ्कित छ र उनी यस खेलको प्रचार अभियानमा पनि समावेश छन। मेसी, प्रो इभोल्यूशन सकर २०१०मा फर्नान्डो टोरेस सँग देखिएका छन र यसको मोशन कयाप्चरिङग र ट्रेलरमा पनि शामिल थिए। मेसीको प्रायोजन जर्मन स्पोर्ट्सवेयर कम्पनी एडिडासले गरेको छ र उनी यसकोको टेलिभिजन विज्ञापनहरूमा पनि उनी देखिन्छन्।

                                     

5. करियरको तथ्याङ्क

अन्तर्राष्ट्रिय गोलहरू

मेसी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका हाल सर्वाधिक गोलकर्ता हुन्।भने उनले आफ्नो अन्तरास्ट्रिय फुटबल करियरमा ५० गोलको कोसे-ढुङ्गा समेत पार गरिसकेका छन्।

                                     

6. सम्मान

बार्सिलोना

  • युरोपियन च्याम्पियन्स लिग ३: २००५-०६, २००८-०९ २०१०-११
  • स्पेनिश कप १: २००८-०९
  • फिफा क्लब विश्वकप १: २००९
  • युरोपियन सुपरकप १: २००९
  • स्पेनिश लीग ५: २००४-०५, २००५-०६, २००८-०९ २००९-१० २०१०-११, २०१५-१६, २०१७-१८, २०१८-१९
  • स्पेनिश सुपरकप ३: २००५, २००६, २००९
                                     

7. मेसीको ५००गोल

मेसीले आफ्नो खेल जीवनमा ५०० गोलको कोसे ढुङ्गा पनि पूरा गरी सकेका छन्।सर्वाधिक फिफा वर्षको उपाधि जित्न सफल मेसीले आफ्नो ५०० गोल सन् २०१६ अप्रिल १७ ला लिगा मा भ्यालेन्सिया विरूद्ध १ गोल गर्दै पूरा गरे।तर उक्त ऐतिहासिक खेलमा भने उनको क्लब २-१ गोल अन्तर ले पराजित हुन पुग्यो ।साथै उनले सन्२००५ मे मा अल्बासेटे विरूद्ध पहिलो सिनियर गोल गरेका थिए। उनले ५०० गोल मध्ये ५०गोल राष्ट्रका लागि भने ४५० गोल क्लब बार्सिलोनाका लागि गरेका थिए।उनको ५०० गोल मध्ये ४०६ अथवा ७०% गोल देब्रे खुट्टाले गरेका थिए।

                                     

8. व्यक्तिगत

  • प्रिमियो डन बेलन ला लिगा सर्वश्रेष्ठ विदेशी खेलाडी: २००६-०७, २००८-०९
  • विश्वकप गोल्डेन बल २०१४
  • युरोपेली वर्षको टिम: २००७-०८, २००८-०९
  • फिफा यु-२० विश्वकप शीर्ष स्कोरर: २००५
  • फिफा वर्षको टिम: २००८, २००९
  • फिफा बेलोन डी’ओर २०१५
  • ओन्ज डी ओर: २००९
  • फिफाप्रो विश्वका दस उत्कृष्ट: २००६-०७, २००७-०८, २००८-०९
  • फिफा क्लब विश्वकप गोल्डन बल: २००९
  • युरोपेली क्लब वर्षको फरवर्ड: २००८-०९
  • यु-२१ वर्षको युरोपेली फुटबल खेलाडी: २००७
  • एलएफपी सर्वश्रेष्ठ खेलाडी: २००८-०९
  • एलएफपी सर्वश्रेष्ठ स्ट्राइकर: २००८-०९
  • फिफाप्रो वर्षको विशेष युवा खेलाडी: २००६-०७, २००७-०८
  • ट्रोफियो अल्फ्रेडो डी स्टेफानो: २००८-०९
  • फिफा वर्षको विश्व युवा खेलाडी: १९९६, १९९७, २००२
  • इएफई ट्रफी ला लिगामा उत्कृष्ट इबेरो अमेरिकी खेलाडी: २००६-०७, २००८-०९
  • फिफाप्रो वर्षको विश्व युवा खेलाडी: २००५-०६, २००६-०७, २००७-०८,
  • वर्षको विश्व फुटबल युवा खेलाडी: २००५-०६, २००६-०७, २००७-०८
  • फिफाप्रो वर्षको विश्व खेलाडी: २००८-०९
  • अर्जेन्टिनाको वर्ष खेलाडी: २००५, २००७, २००९
  • युरोपेली क्लब वर्षको फुटबलर: २००८-०९
  • फिफा वर्ष खेलाडी: २००९
  • फिफा यु-२० विश्वकप प्रतियोगिता खेलाडी: २००५
  • टोयोटा पुरस्कार: २००९
  • फिफा बेलोन डी ओर: २००९, २०१०,२०११,२०१२
  • युरोपेली च्याम्पियन्स लिग शीर्ष स्कोरर: २००८-०९
  • कोपा अमेरिका प्रतियोगिता युवा खेलाडी: २००७
Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →