Топ-100
Back

ⓘ सृजनशील युवा समाज, सोलुखुम्बु. सृजनशिल युवा समाज एउटा नाफारहित सेवामा समर्पित सामाजिक क्लब हो । यसको आधिकारीक स्थापना वि.सं. २०६५ सालमा जिल्ला प्रशासन कार्यालय, ..



                                     

ⓘ सृजनशील युवा समाज, सोलुखुम्बु

सृजनशिल युवा समाज एउटा नाफारहित सेवामा समर्पित सामाजिक क्लब हो । यसको आधिकारीक स्थापना वि.सं. २०६५ सालमा जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुमा दर्ता भएपछि भएतापनि यसले धेरै समय अगाडिदेखी नै आफ्नो सामाजिक कार्य गर्दै आइरहेको थियो । यसको प्रधान कार्यालय सोलुखुम्बु जिल्लाको कांगेल गा.वि.स. मा रहेको छ । पहिला अरु नै नामबाट यस समाज रहेतापनि सृजनशिल युवा क्लबको नामबाट संचालित हुदां खेरी यसको अध्यक्ष श्री कुल कुमार बस्नेत हुनुहुन्थ्यो । तर हाल यस समाजको केन्द्रिय कार्य समितिमा श्री कान्तिराज थुलुङ्ग राईको अध्यक्षतामा १३ सदस्यीय पदाधिकारीहरु रहेका छन् । त्यसैगरि यस समाजको काठमाडौँ सम्पर्क समिति तथा विदेश प्रतिनिधिमा श्री योगेश राईको अध्यक्षतामा ९ सदस्यीय र विभिन्न देशमा रहनुभएका यस समाजका पुर्व ७ जना सदस्यहरूलाई विदेश प्रतिनिधि चयन गरिएको छ । साथै यस समाजका संरक्षकमा जिवन ज्योति उ.मा.वि. नेलेका पुर्व प्रधानाध्यापक श्री मणिकर्ण थुलुङ्ग राई रहनुभएको छ भने सल्लाहकारहरूमा श्री धन्दिराम राई, श्री ज्ञान्जु राई, श्री हेमकर्ण बस्नेत, श्री जरासिन्धु राई र श्री हिरामान राई रहनुभएको छ । त्यस्तै यस समाजलाई निरन्तर रूपमा सहयोग गर्नु हुने श्री नव बहादुर भुजेललाई विशेष सहयोगिको रूपमा चयन गरिएको छ । यस समाज अन्तर्गत रहने गरी श्रीमति फुलमाया राईको अध्यक्षतामा लगभग ५० जना भन्द सदस्यहरु सहितको सिर्जनशिल महिला समाज रहेको छ ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →