Топ-100
Back

ⓘ विकास अर्थशास्त्र अर्थशास्त्रको त्यो उपविभाग हो जसमा आर्थिक वृद्धिका सिद्धान्तहरूको अध्ययन र विश्लेषण गरिन्छ । सन् १९६० पछि आर्थिक वृद्धिका सिद्धान्तहरूको विकास ..



                                               

आश्रम व्यवस्था

आश्रमको शाब्दिक अर्थ हो परिश्रमका साथ । आश्रमको अर्थ कुटी वा संस्था पनि हुन्छ जस्तै साबरमती आश्रम । उपनिषदकालमा यसको विकास भएको हो । वैदिक समाजका धर्मतत्वका विज्ञ तथा दार्शनिकहरुद्वारा समाजविकासका लागिवर्णव्यवस्था को आवश्यकता मानिए जस्तै व्यक्तिको व्यक्तित्वविकास गरी जीवन र जगत् को वास्तविक रहस्य बुझी सुख,स्वर्ग,तथा मोक्ष प्राप्तिका लागि आश्रम व्यवस्था अनिवार्य मानिएको छ । यसको माध्यमबाट व्यक्तिले पूर्णता र पूर्णसन्तोष प्राप्त गर्न सक्छ भन्ने मानिएको छ ।

                                               

छ दिने युद्ध

छ दिने युद्ध Six-Day War, जुन युद्ध, १९६७ अरब-इजरायल युद्ध वा तेस्रो अरब-इजरायली युद्ध को रूपमा चिनिन्छ । इजरायली र ५ -१० जुन १९६७ मा इजरायल र इजिप्ट का छिमेकि देशहरू जोर्डन र सिरिया लडेका थिए । १९४८ अरब-इजरायली युद्ध पछि इजरायल र यसको छिमेकीबीचको सम्बन्ध कहिल्यै पूर्णतया सामान्यतया थिएन। सन् १९५६ मा इजरायलले मिश्रको सिनाइ प्रान्तमा आक्रमण गरे, यसको उद्देश्यले १९५० देखि इजरायली जहाजमा मिस्रले लगाएको रोक हटाउनु थियो थियो । इजरायल पछि हट्न बाध्य भए, तर टेयरको स्ट्रिट्स खुला रहनेछ भन्ने ग्यारेन्टी जित्यो। जबकि संयुक्त राष्ट्र सशस्त्र बल सीमामा तैनाथ भएको थियो, त्यहाँ कुनै असैनिकीकरण सम्झौता भ ...

                                               

बुढ्यौली

बुढ्यौली लाई नेपालीमा प्रौढता, वृद्धत्व वा जरावस्था भनिन्छ । बुढ्यौलीले बूढोहुने अवस्था वा बृद्ध उमेरमा प्रवेश गर्ने अवस्थालाई जनाउछ। बुढ्यौली मानव जीवनचक्र अन्तिम अबस्था हो। यो प्रकृतिप्रदत्त नियम हो। शारीरिक कमजोरी हुने मान्छेले पहिलेको जस्तो फूर्तिका साथ हिँड्न, समाउन, सुन्न र देख्न पनि सक्दैन। यसै लाई बुढ्यौली लागेको भनिन्छ। कुनै जीव अथवा पदार्थमा समयसँग जम्मा हुने परिवर्तनहरू लाई वृद्धावस्था ब्रिटिश र ओस्ट्रेलियन अङ्ग्रेजीमा Ageing या उमेरको बृद्धि अमेरिकी र कैनेडियन अङ्ग्रेजीमा Aging भन्छन्. प्रौढता सम्बन्धी निम्नलिखित मतहरु छन्

                                     

ⓘ विकास अर्थशास्त्र

विकास अर्थशास्त्र अर्थशास्त्रको त्यो उपविभाग हो जसमा आर्थिक वृद्धिका सिद्धान्तहरूको अध्ययन र विश्लेषण गरिन्छ । सन् १९६० पछि आर्थिक वृद्धिका सिद्धान्तहरूको विकास भएको हो । आर्थिक वृद्धिका सिद्धान्तहरूको विकास केन्सीयन अर्थशास्त्रका जगमा भएको छ । ह्यारोड र डोमार ले आर्थिक वृद्धि तर्फ विचार गर्न थालेका हुन् । अर्थव्यवस्था निरन्तर सन्तुलनमा रहनका लागि त्यसको कुल आय र कुल व्यय बराबर हुनु पर्छ । यसबाट के स्पष्ट हुन्छ भने अर्थव्यवस्थाको कुल बचत र कुल लगानी पनि बराबर हुनु पर्छ । राष्ट्रिय आयमा वृद्धि गर्दा मानिसहरूको क्रय शक्ति बढ्न जान्छ । त्यसैले अर्थव्यवस्थामा कुन आर्थिक वृद्धि दरले देशको कुल लगानी र कुल बचतलाई आपसमा बराबर गराउंछ अर्थव्यवस्थामा त्यस कुरालाई ध्यानमा राख्नु पर्छ । यस कुराको अध्ययन मोडेलका आधारमा गर्ने प्रचलन छ ।

                                     

1. आर्थिक विकास

आर्थिक विकासको विस्तृत र संकुचित दुवै अर्थ गरिन्छ । संकुचित अर्थमा राष्ट्रिआय भनेको राष्ट्रिय आयमा हुने वृद्धि हो भने विस्तृत अर्थमा आर्थिक विकास अन्तर्गत, आर्थिक वृद्धि, समाजिक सुरक्षा, शिक्षा स्वास्थ्य, संस्कृति लगायत मानिसको जीवनको गुणस्तरीयतासँग सम्बन्धित सबैकुराहरु पर्दछन । र्आिर्थक विकासको अवधारणा निम्न प्रकार विकसित हु" दै गएको छः

                                     

1.1. आर्थिक विकास आर्थिक वृद्धि

एडम स्मिथको समयदेखिनै विकासलाई आर्थिक आयामसंग जोड्ने परम्परा रहेको छ । दोस्रो विश्व युद्ध पछि यस अवधारणालाई अझ महत्त्वपूर्ण ठानिएको हो । यस अवधारणाले आर्थिक विकास र गुणस्तरीय जीवन मूलतः आर्थिक पू" जी र प्रविधिको उपज हो भन्ने मान्दछ ।यस अवधारणाले सामाजिक, सांस्कृतिक र राजनीतिक सम्बन्धहरूलाई न्यूनीकरण गरेकोले यसलाई कम महत्त्वपूर्ण सूचक मानिन्छ ।

                                     

1.2. आर्थिक विकास मानव पूजीको विकास

सन ५० को दशक पछि मानव पू" जीको अवधारणा विकसित भयो । यस अवधारणाले आर्थिक विकासको अवधारणालाई अस्वीकार गर्दैन तर आर्थिक विकासमा मानवको स्वास्थ्य शिक्षा, सीप जस्ता मानव पू" जीलाई बढी महत्त्व दिन्छ । किनभने शिक्षित स्वस्थ र सीपयुक्त जनसङ्ख्याले आर्थिक विकासमा योगदान गर्दछ। यस अवधारणाको दोष के हो भने यसले मानिसलाई उत्पादनको एक साधनको रूपमा मात्र अध्ययन गरिएको छ । जबकि मानिस उत्पादनको अन्तिम लक्ष्य पनि हो ।

                                     

1.3. आर्थिक विकास आर्थिक समानता

राष्ट्रिय आयमा वृद्धिले पू" जी र लगानीमा वृद्धि भइ रोजगारी बढछ जसले सबै मानिसको कल्याणमा वृद्धि हुन्छ भन्ने पूजीवादी अवधारणा आंशिक रूपमा मात्र सफल रह्यो किनभने यसले समाजमा असमानता वृद्धि भइ धनी झन धनी र गरीब झन गरीब अझ गरीब हुन पुग्यो । जसले समाजमा जातीय, वर्गीय र अन्य द्वन्द्व चर्कियो । त्यस कारण समानता सहितको आर्थिक वृद्धिको अवधारणा विकसित भयो । तर यस अवधारणामा पनि आर्थिक पक्षलाई मात्र समेटिएको र अन्य मानवीय र व्यक्तिगत तत्वलाई बेवास्ता गरिएकोले मानिसको कल्याणमा यसको योगदानलाई पूर्ण मानिंदैन।

                                     

1.4. आर्थिक विकास आधारभूत आवश्यकता

सन ७०को शुरुमा यस अवधारणाको विकास भयो । राष्ट्रिय आयको वृद्धि, आर्थिक समानता लक्ष्य नभएर मानवीय कल्याण प्राप्त गर्ने साधन हो ।यी दुवै कुरा भए पनि मानिस आधारभूत आवश्यकताबाट वंचित भएको हुन सक्छ ।त्यसैले मूलकुरा भनेको मानिसका आधारभूत आवश्यकताहरूको परिपूर्ति हो। यस अन्तर्गत खाद्यान्न, लत्ता कपडा, आवास, शिक्षा, सामाजिक सुरक्षाको न्यूनतम प्राप्ति लाई आधार मानियो । तर अल्पविकसित मुलुकहरूमा उपर्युक्त लक्ष्यहरूको सन्तोषजनक रूपमा प्राप्ति भएन । तसर्थ जीवनको गुणस्तरीयताको नाप यस आधारमा हुन सकेन ।

                                     

1.5. आर्थिक विकास आर्थिक उदारीकरण

स्थानीय अर्थतंत्र बजार व्यवस्थालाई विश्व अर्थतंत्रसंग समायोजन गर्दै बजार व्यवस्था माथि सरकारी हस्तक्षेप बन्द गरेर आर्थिक वृद्धि हुन सक्ने मान्यता यस अवधारणाको छ । यसले प्रत्येक व्यक्तिको व्यक्तिगत स्वतंत्रता र क्षमता अभिवृद्धि गर्ने अवसर प्राप्त हुनसक्ने कुरालाई नकार्न सकिंदैन तथापि यस अवधारणाका पनि केही त्रुटिहरु छन । जस माथि अद्यापि विवाद भइरहेको छ ।

                                     

1.6. आर्थिक विकास मानवीय विकास

कुनै पनि मुलुकको पास्तविक धन भनेका त्यहा" का महिला र पुरुष हुन र विकासको उद्देश्य यस्तो वातावरणको सृजना गर्नु हो जसमा जनता स्वस्थ, दीर्घायु र रचनात्मक हुन सक्छन । भौतिक र वित्तीय धनको लालसामा यो महत्त्वपूर्ण सत्य ओझेलमा पर्छ । राष्ट्रिआय तुलनात्मक रूपमा कम छ तर मानिसको जीवनको गुणस्तरीयता उच्च रहेको छ । यो अवधारणाकेहि नया" हो । यसले मानवीय विकास र गुणस्तरीय जीवनलाई आर्थिक विकासको आधार मान्दछ । यस अवधारणालाई के कारणले पनि वैज्ञानिक मानिन्छ भने यसमा आर्थिक विकासका अन्य सूचकहरु, प्रति व्यक्ति आय, शिक्षा, स्वास्थ्य आदि कुराहरु पनि समायोजित गरिन्छ । साथै गुणस्तरीयताको संख्यात्मक नाप गरिने भएकोले यो सूचक अन्य भन्दा बढी वैज्ञानिक छ ।

Free and no ads
no need to download or install

Pino - logical board game which is based on tactics and strategy. In general this is a remix of chess, checkers and corners. The game develops imagination, concentration, teaches how to solve tasks, plan their own actions and of course to think logically. It does not matter how much pieces you have, the main thing is how they are placement!

online intellectual game →